सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३० लाखको लगानीमा खुल्यो कजरिया स्टुडियो

२०७८ असोज २२, ११:१२ खबर संवाददाता

धनगढीः धनगढीमा कजरिया स्टुडियो सञ्चालनमा आएको छ। कजरीया टायल्सका सञ्चालक सुरेन्द्र राठीले नयाँ सुविधाका साथ कजरिया स्टुडियो सञ्चालनमा ल्याएका हुन्। 

३० लाखको लगानीमा सञ्चालनमा ल्याइएको उक्त स्टुडियोको शुक्रबार एक कार्यक्रकाबीच उद्घाटन गरिएको छ। उक्त स्टुडियोको उद्घाटन व्यवसायी गोपाल हमालले गरेका हुन्। 

१२ वर्षदेखि टायल्सको आधिकारिक बिक्रेता रहेको सञ्चालक राठीले बताए। उनले भने,  ‘पहिले सानो टायल्स मात्रै आउँथ्यो। त्यसलाई परिवर्तन गर्ने उद्देश्यले यो व्यवसाय सञ्चालनमा ल्याएका हौं। स्वरुमबाट टायल्सका फरक फरक डिजायनहरुलाई १२, १८ साइजको मात्रै टायलहरु आउँथ्यो तर अहिले हामीले ८० बाई १६०, ६० बाई १२० र १२ बाई २ लगायतका सबै डिजायनका टायल्सहरु हामीसँग उपलब्ध छन्।’

सो स्टुडियो धनगढीको ट्राफिक चौराहास्थित रेसुगां बैंकको मल्लो तलामा रहेको छ। 
 
 

कमेन्ट लोड गर्नुस