उद्योग वाणिज्य संघको सदस्यताका लागि आवेदन दिएका तीन सय ९९ जना अस्वीकृत
कैलाली उद्योग वाणिज्य संघको सदस्यताका लागि आवेदन दिएका ३ हजार दुई सय व्यवसायीमध्ये तीन सय ९९ जना अस्वीकृत भएका छन् । सदस्यता विवाद समाधानका लागि माग गरिएका आवश्यक कागजात बुझाउनका लागि दिईएको १० दिनको समयमा तीन हजार दुई सय जना व्यवसायीले सदस्यताका लागि आवेदन दिएकोमा उनीहरुमध्ये छानविनका क्रममा तीन सय ९९ जना अस्वीकृत भएका हुन् । कैलाली उद्योग वाणिज्य संघको सदस्य हुनका लागि घरेलु तथा साना उद्योग कार्यालय वा वाणिज्य कार्यालयमा दर्ता भएको, प्यान भ्याटमा दर्ता भएको र कर चुक्ता भएको कागजपत्र पेस गरेपछि संघको सदस्य हुन पाउने मापदण्ड वनाईएकोले सोही अनुसार कागजात छानविन गरिएको हो। छानविनपछि सदस्य बन्न लायकहरुका पनि कागजात रुजु गर्नका लागि सम्वन्धित कार्यालयमा पठाएर भईरहेको छ भने यो काम पनि अन्तिम चरणमा पुगेको छानविन समितीले जनाएको छ ।
तीन हजार दुई सय जना व्यवसायीले संघको सदस्यका लागि आवेदन दिएकोमा उनीहरुमध्ये तीन सय ९९ जना छानविनका क्रममा संघको सदस्य बन्न अयोग्य देखिएका हुन् । । संघको साधारण सभा स्वतन्त्र निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि गठन भएको छानविन समितीले तोकिएका आवश्यक कागजात पेस गर्दै आवेदन मागेमा त्यसमा उनीहरु नपरेपछि संघको सदस्य हुनवाट अस्वीकृत गरिएको छानविन समितीकी सदस्य सचिव गोमा अधिकारीले बताईन् । उच्च अदालत दिपायलले निर्वाचन रोक्न आदेश दिनु अघि जारी गरिएको निर्वाचन नामावलीमा ५ हजार ९ सय ९० जना सदस्य रहेकोमा आवेदन त्यसको आधा मात्रै परेको थियो । त्यसमा पनि तीन सय ९९ जना अस्वीकृत भएपछि दुई हजार ८ सय मात्रै अव संघको सदस्य हुन पाउने भएका छन् । छानविन समितीले सदस्य बन्नका लागि तयार पारेका नामावलीहरु सम्वन्धित कार्यालयमा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छानविन समितीका संयोजक विकास लम्सालले बताए ।
अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन प्रक्रिया अगाडी वढाउन जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिईएकोमा सोही अनुसार गठन गरिएको छानविन समितीले आफ्ना काम अन्तिम चरणमा पुगाएको हो । आन्तरिक राजश्व कार्यालयमा व्यवसायीका कागजात रुजु भएमा संघका सदस्यहरुको नामावली सहितको प्रतिवेदन तयार पारेर वुझाईने छानविन समितीका संयोजक लम्सालले जानकारी दिए । सदस्यता छानविनको काम सकिनेर संघका वास्तविक सदस्यहरुको टुङगो लाग्न थालेका वेला व्यवसायीहरुले चुनावी प्रचार प्रसार पनि सुरु गरेका छन् । यसअघि चुनावी मैदानमा होमिएका दुई प्यानलका पदाधिकारी सहित सहमतिका लागि पनि तेस्रो समुह वनाएर तीन किसिमका प्रचार प्रसार व्यवसायीहरुले गरिरहेका छन् ।