बैतडीको पुर्चौडी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट
धनगढी: बैतडीको पुर्चौडी स्वास्थ्य चौकीमा कार्यरत तीन जना स्वास्थ्यकर्मीलाई कुटपिट गरिएको छ।
बिहीबार साझ ७:१५ मा स्वास्थ्य चौकीमा मादक पदार्थ सेवन गरेर आएका पुर्चौडी नगरपालिका वडा नम्बर १ कोपिखेत घर भएका सुरेन्द्र धनुषेले स्वास्थ्य चौकीको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य चौकी प्रमुख दिपेन्द्रबहादुर धामी, अहेव रत्ना भण्डारी धामी र अनमी ताराकुमारी साँउदलाई गाली गलौज गर्दै कुटपिट गरिएको स्वास्थ्य चौकी प्रमुख धामीले दिनेशखबरलाई बताए। यता जिल्ला प्रहरी कार्यालय बैतडीले उक्त घटनाबारे कुनै जानकारी नआएको बताएको छ।