प्रथम प्रदेश भलिबल:कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीको जित
धनगढी: धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा आज दोस्रो दिन लिग चरणका ५ वटा खेल सम्पन्न भएका छन्। दोस्रो दिन कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीले जित हासिल गरेका छन्। आज भएको पहिलो खेलमा बझाङ कञ्चनपुरसँग पराजित भयो। कञ्चनपुरले बझाङमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो।
दोस्रो खेलमा डडेल्धुराले कैलालीलाई ३–१ को सेटमा हराउँदा तेस्रो खेलमा डोटीले अछाममाथि ३–२ को सेटमा जित दर्ता ग¥यो। डोटी र अछामबिचको खेलमा अन्तिम सेट डोटीले वाक ओभर पाएको हो। दार्चुला र बाजुराबिच आजै भएको चौथो खेलमा ३–१ को सेटमा दार्चुला विजयी भएको थियो। अन्तिम खेलमा बझाङबाट चौथो सेट वाक ओभर पाएको बैतडी ३–१ ले विजयी भयो। प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो खेल डोटी र कञ्चनपुरबिच बिहान ७ बजे हुने छ। शुक्रबार लिग चरणका ७ वटा खेल हुने छन्।