सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न माग

२०७८ असोज २०, ०२:५८ खबर संवाददाता

धनगढीः नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लोपटक समेटिएको भूभागमा पनि जनणना गर्न माग गरेको छ।

अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेका हुन्। उक्त क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ।

कमेन्ट लोड गर्नुस