धनगढी उप महानगरपालिका कर्मचारीको नियत फेरिएन्
धनगढी उप–महानगरपालिकामा जन प्रतिनिधि आएको डेढ बर्ष हुँदा पनि कर्मचारीको निउत फेरिन सकेको छैन्। यसअघि सहज रुपमा काम भएको र कर्मचारी नभेटिने गुनासो सेवाग्राहीको हुने गरेकोमा हाल आएर पनि त्यसमा सुधार हुन नसकेको हो। जन प्रतिनिधिहरु भएका वेला केही सुधारको महसुस गरेका सेवाग्राहीहरुले केही दिन नगर प्रमुख पारिवारिक समस्याका कारण उपस्थित हुन नसकेको अवस्थामा कर्मचारीहरुको मनोमानी झन् वढेको आरोप लगाएका छन्। लामो समयदेखि मनोमानी गरिरहेका कर्मचारीहरुको नियत जनप्रतिनिधि आउँदा पनि सुध्रिन नसकेको हो।
कार्यालय समयमा कहिल्यै नभेटिने कर्मचारीहरुले जन प्रतिनिधि आएपछि केही सुध्रिए जस्तो गरेको भएपनि झन् पछिल्लो केही दिन यता मनोमानी वढेको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर १६ का रामबहादुर चौधरी आफ्नो कामको लागि बुधबार उप–महानगरपालिकाको कृषि शाखामा विहान ११ बजेतिर नगरपालिकाको कार्यालयमा पुगेकोमा १२ः३० बजे दिनेश खबरको टोली नगरपालिका पुग्दा उनी कर्मचारीकै प्रतिक्षामा वसिरहेका थिए । दुई घण्टासम्म कुर्दा पनि कर्मचारी नभेटिँदा उनी काम नभएरै फर्किए । नगरपालिका बाट उप–महानगरपालिका हँुदा पनि कार्यालयले दिने सेवा सुविधामा पनि कुनै फरक नपाएका सेवाग्राहीे कर्मचारीको मनोमानीले थप आजित भएका हुन्।
२० वर्षपछि स्थानिय सरकारका जनप्रतिनिधि आउँदा पाउने सेवा सुविधा छिटो छरितो हुन्छ की भन्ने आपेक्षा राखेका नगरवासी कार्यालयमा कर्मचारी नै उपस्थित नहुँदा जनप्रतिनिधि र कर्मचारीसँग आक्रोसित भएका छन्। उपमहानगरपालिकाका मेयर बुबाको क्रियामा वसेका वेला प्रशासकीय अधिकृत पनि विदामा गएको मौकामा कर्मचारीले चौका हान्दा सेवाग्राही मर्कामा परेका हुन् । विभिन्न कामको सिफारिस लिन तथा राजश्व तिर्ने लगायतका कामका लागि नगरवासी कार्यालय पुग्ने गरेका छन्। तर कार्यालयमा कर्मचारी नै नहँुदा सेवाग्राही रित्तो फर्किनुपर्ने बाध्यता रहेको छ।