सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा कांग्रेसको सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा

२०७८ असोज १९, ०२:५४ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेस बाजुराको नेतृत्व चयनका लागि मतदान सुरू भएको छ। बाजुरा कांग्रेसको सभापतिमा संस्थापन पक्षबाट वर्तमान सभापति कविराज पण्डित, संस्थापनइतर समूहबाट रामसिंह रावल र युवा नेता चक्र शाह प्रतिस्पर्धामा होमिएका छन्। 

जिल्ला अधिवेशनमा १ हजार २ सय ७ जना क्षेत्रीय प्रतिनिधिहरू मतदाताका रूपमा रहेका छन्। जिल्ला कार्यसमितिका लागि सहमति जुटाउन गरिएको प्रयास असफल भएपछि आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो।

देउवा पक्षबाट पण्डित नेतृत्वको टिम चुनावी मैदानमा छ भने पौडेल पक्षबाट रामसिंह रावलको टिम । यस्तै मध्यमार्गीबाट चक्रबहादुर शाहको टिम रहेको छ।

कमेन्ट लोड गर्नुस