सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी दिवसका अवसरमा बैतडीमा वृक्षरोपण र मास्क वितरण

२०७८ असोज १८, ११:१० रासस

असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा  आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ। दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा गरी १६५  विरुवा रोपण गरिएको हो।

वृक्षरोपणमा बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक  रमेश पाललगायत प्रहरी अधिकृत र कर्मचारी सहभागी रहेका थिए। जिल्लाका अन्य प्रहरी युनिटले पनी आ–आफ्नो कार्यालय परिसरभित्र वृक्षरोपण गरेको प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले बताए। एक प्रहरी एक वृक्षरोपणअन्तर्गत वृक्षरोपण गरिएको हो। 

यस्तै जिल्ला प्रहरी कार्यालय बैतडी र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी गोठलापानी बजारमा मास्क वितरण गरेको छ। कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थामा बजारमा बिना मास्क हिँडडुुल गरिरहेका ३०० नागरिकलाई मास्क वितरण गरी सम्झाइबुझाइ गरी पठाएको बताइएको छ। 

‘नेपाल माक्स अभियान’ अन्तर्गत ‘तपाईको माक्स खै’कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको हो। यसका साथै इलाका प्रहरी कार्यालय पाटनले पनि  २०० थान माक्स वितरण गरेको छ।  दसैँतिहारको समयमा भीडभाड बढी हुने भएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस