डडेल्धुरामा कांग्रेसको भेलामा झडप (भिडिओसहित)
धनगढीः डडेल्धुरामा कांग्रेसको भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा परी ६ जना घाइते भएका छन्।
केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भेलामा उक्त झडप भएको हो। भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ। झडपपछि पनि कार्यक्रम जारी रहेको छ।
जिल्ला सभापति कर्ण मल्ल समूहले विरोध जनाए पनि वडा अधिवेशन र पालिका अधिवेशन भएपछि जिल्लामा काँग्रेसको विवाद बढ्दै गएको छ। मल्ल समूहले नै आमसभा आयोजना गरेको हो। उनीहरुले अधिवेशन फेरि हुनुपर्ने माग गरेका छन्।