सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दैनिक स्क्रब टाइफसका बिरामी फेला, संक्रमणको जोखिम

२०७८ असोज १६, १२:३६ खबर संवाददाता

बैतडीः जिल्ला अस्पताल बैतडीमा दैनिक रुपमा स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन्। अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफसको संक्रमण देखिन थालेको अस्पतालले जनाएको छ। 

पछिल्लो केही दिनयता अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफस पोजेटिभ देखिन थालेको अस्पतालले जानकारी दिएको छ। दैनिक रुपमा नै बिरामी देखिन थालेपछि संक्रमणको जोखिम निकै बढेको देखिएको छ।

विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिने स्क्रब टाइफसका बिरामीको संख्या यस वर्ष  बढेको छ। गत साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा संक्रमण देखिसकेको अस्पतालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस