सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा दसैं तिहारका लागि चामलमा छुट

२०७८ असोज १५, १२:३९ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा: दशैं तिहारको अवसर पारेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीटेड डडेल्धुरा गोदामले सहुलियतमा चामल बिक्री सुरु गरेको छ। असोज १ गतेदेखि कात्तिक २४ गते सम्मका लागि छुटमा चामल बिक्री हुन लागेको लिमिटेड डडेल्धुरा गोदामले जनाएको छ।  

४५  रुपैयाँ ५० पैसा पर्ने मोटो चामल ४० रुपैयाँ ५० पैसा प्रतिकिलोमा बिक्रि भइरहेको  छ।  ६५ रुपैयाँ ५० पैसा प्रतिकेजी पर्ने मनसुली चामल ६० रुपैयाँ ५० पैसामा बिक्री भइरहेको छ। एक क्विन्टल मोटो चामल ४५ सय ५० पर्छ भने छुट दिँदा प्रति क्विन्टल ४ हजार ५० मा बिक्री हुने गरेको छ। यस्तै मनसुली चालम प्रति क्विन्टल ६ हजार ५०मा  बिक्रिभइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीटेड डडेल्धुरा गोदामका प्रमुख दानबहादुर निदालले बताए। 

लिमीटेड डडेल्धुरा गोदामले सहुलियतमा चामल बिक्री सुरु गरेपछि स्थानीय हर्षित भएका छन्। ७ स्थानीय तह रहेको डडेल्धुरामा दुर्गम बस्तीबाट चामल किन्नेको भिड लाग्ने गरेको छ। गरिबको लागि लिमिटेडले छुट दिँदा आफुहरु खुसी भएको स्थानीलय बताएका छन्।  

यसअघि कोरोनाको प्रभाव बढेका बेला पनि संस्थाले सहुलियतमा चामल बिक्री गरेको थियो। डडेल्धुरा सदरमुकाममा रहेको गोदाम संस्थानको कार्यालय, धनगढीमा रहेको डिपोबाट पनि सहुलियतको चामल बिक्री हुने लिमिटेडका जनाएको छ। चाडपर्व लक्षित गरेर सरकारले देशभर सुपथ मुल्य पसल र सहुलियतको खाद्यान्न वितरण सुरु गरेको छ।
 

कमेन्ट लोड गर्नुस