बुवाको सम्झनामा अक्षय कोष स्थापना
डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिका १ मुद्राडमा रहेको वेताल प्रावि विद्यालयका सस्थापक स्वर्गिय कालुसिंह भण्डारीको नामबाट कालुसिंह स्मृति अक्षयकोष स्थापना गरिएको छ। सो विद्यालयका गरिब तथा जेह्न्दार विधार्थीलाई छात्रवृति प्रदान गर्ने गरी १ लाखको अक्षयकोष स्थापना गरिएको हो। वेताल प्रावि विद्यालय निर्माणमा महत्वपूर्ण योगदान पुगाएका स्वर्गिय कालुसिंह भण्डारीको २८औं पुण्य तिथिका अवसरमा कालुसिंह स्मृति अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ।
२८ वर्ष अगाडी विद्यालय भवन निर्माणका लागि कामदार खोजेर बैतडीबाट घर फर्कने क्रममा आनारखोली बजार नजिक सडक दुर्घटनामा परी कालुसिंहको मृत्यु भएको थियो। २०५० माघ ७ गते विद्यालय भवन निर्माणका लागि कामदार खोजेर घर फर्कदै गर्दा उनको मृत्यु भएको जेठा छोरा डम्वरसिंह भण्डारीले बताए।
स्व. बुवा कालुसिंहले मुद्राडमा रहेको बेताल प्रावि स्थापना गर्नका लागि महत्वपूर्ण भुमिका खेलेको र सोही विद्यालय स्थापना गर्ने क्रममा ज्यान समेत गुमाउनु परेको कुरा स्मण गर्दै उनको सपना सकार गर्न ५ भाईछोराहरु मिलेर उक्त कोेष स्थापना गरेको छोरा डम्बरले बताए।
बुवाले स्थापना गरको विद्यालयबाट नै अक्षारम्भ सुरु भएको स्मरण गर्दै उनले देखाएको बाटो र देखेको सपना पुरा गर्नमा सदैव लागि पर्ने भन्दै हरेक वर्ष अक्षयकोषलाई वृद्धि गर्दै लैजाने बालकल्याणमा मावि पुइलेकमा शिक्षण पेशामा रहेका कान्छा छोरा दिनेश भण्डारीले बताए।
स्व. कालुसिंह बालबालिकाले गाउँमै शिक्षा हासिल गर्नुपर्ने वतावरण निर्माणका लागि सधै लागिपर्ने गरेको र उनको नाममा स्थापना गरिएको अक्षयकोषले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई ठुलो टेवा पुग्ने अक्षकोष स्थापना कार्यक्रमका अथिति वडाअध्यक्ष दत्तिसिंह भण्डारीले बताए।
साथै उनी यसक्षेत्र कै प्रख्यात देवता समैजीका धामी पनि भएका कारण समाजमा उनको योगदान समान्य तह वर्णन गरेर पुरा हुन नसक्ने र उनको सपना पुरा गर्न सबैले उनको मागदर्शन अवलम्वन गर्नुपर्ने अध्यक्ष भण्डारीले बताए।
स्व. कालुसिंहले मुद्राडमा २०४८ सालमै विद्यालय निर्माण गर्नका लागि उद्घाटन गरेका थिए। भने, विद्यालय भवन निर्माणकै क्रममा २०५० सालमा उनले ज्यान गुमाउनु परेको थियो।