सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश १ मा २५३ कोरोना सङ्क्रमित थपिए

२०७८ असोज १३, ०७:०२ रासस

विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २५३ जना कोरोना सङ्क्रमित थपिएका छन्।  एक  हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ तथा ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा चार, सङ्खुवासभामा तीन, धनकुटामा दुई तथा ताप्लेजुङ र तेह्रथुममा एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो। स्थानीय पालिका अनुसार झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२÷१२, मेचीनगरमा आठ, दमकमा सात, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा तीन तीन, बाह्रदशीमा दुई तथा शिवसताक्षी र झापा गाउँपालिकामा एक÷एक सङ्क्रमित थपिएका छन्। 

यस्तै मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैचा र बेलबारीमा ६÷६, लेटाङ र उर्लाबारीमा दुई÷दुई तथा बूढीगङ्गा र कटहरीमा एक एक, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहवीमा चार, इनरुवा र रामधुनीमा दुई दुई, गढीमा एक, इलामको चुलाचुलीमा तीन, इलाम नगरपालिकामा दुई र सूर्योदयमा एक, पाँचथरको फिदिममा दुई, फाल्गुनन्द र स्थानीय तह नखुलेका एक एक, सङ्खुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका एक एक, धनकुटाको धनकुटा नगरपालिका र पाख्रीबासमा एक÷एक, ताप्लेजुङ र तेह्रथुममा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आज ४७ महिलासहित ११६ जना सङ्क्रमणमुक्त भएका छन्। सो अवधिमा दुई महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस