सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ठेकी बनाउने व्यवसाय संकटमा

२०७८ असोज १३, ०५:२६ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा:  डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ५ भित्रिसैन बलेवामा रहेका चुनारा समुदायले परम्परागत र आधुनिक प्रविधिको प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन्। जंगलमा पाइने गिठेदार र साननको काठबाट बनाइने ठेकी गाउँघरमा दूध दही राख्नका लागि प्रयोग हुने गरेका छन्। 

तर पछिल्लो समय बजार ओगटेका प्लाष्टिक र स्टिलका सामानले काठको ठेकीको माग घट्दै गरेको छ। जसले  व्यापारमा समेत अवरोध भइरहेको स्थानीय दानी चुनाराले बताए। ‘ठेकीका लागि आवश्यक पर्ने गिठेदार सानन पाइँदैन। बजार ओगटेका प्लाष्टिक र स्टिलका सामानले पनि यो व्यवसाय संकटमा परेको छ’ उनले भने।

डडेल्धुरामा उत्पादन हुने ठेकी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बिक्री हुने गरेका छन्। व्यवसायीले सानो ठेकीलाई १ हजारदेखि २ हजार र ठुलाको ८ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्।  मेहनत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवापुस्ताको आकर्षण यो व्यवसायमा कम छ। काठका भाडामा राखेको दुग्धजन्य पदार्थ मिठो र नसड्ने भएकाले पुरानो पुस्ताले खोजी गरेर ठीक प्रयोग गर्छन्।

तर नयाँ पुस्तामा प्लाष्टिकको मोह बढी रहेकाले यो व्यवसाय नै संकटमा पर्न थालेको चुनरा समुदाय बताउँछन्।

कमेन्ट लोड गर्नुस