सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंक अफ काठमाण्डुद्वारा डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

२०७८ असोज १३, ०३:३५ खबर संवाददाता

डडेल्धुरा:  बैंक अफ काठमाण्डु डडेल्धुरा शाखाले डडेल्धुरा अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। मंगलबार डडेल्धुरा अस्पताललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। नागरिकहरु कोभिड–१९ को जोखिम मोलिरहेको अवस्थामा स्वास्थ्य सामग्रीको प्रयोग गर्न उत्प्रेरणा जागोस भन्ने हेतुले सामाजिक उत्तरदायित्व अन्तरगत सामग्री हस्तान्तरण गरिएको बैंक अफ काठमाण्डु डडेल्धुरा शाखाकी ईन्चार्ज अमृता शाहले बताइन्।

उनका अनुसार बैंक अफ काठमाण्डु सुदूरपश्चिम प्रदेश प्रमुख दिनेशबहादुर थापाले ७५ थान पीपीई, ७५ प्याकेट सर्जिकल मास्क, ७५ प्याकेट सर्जिकल ग्लब्स र २५ लिटर सेनिटाइजर अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र डडेल्धुरा अस्पतालका मेसु जगदीश विष्टलाई हस्तान्तरण गरेका हुन्।

बैंक क्षेत्रबाट अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गरी सहयोग गरेको प्रति डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले धन्यवाद व्यक्त गरेका छन्। कोरोना संक्रमित दर कायमै रहेको बताउँदै अध्यक्ष ओझाले कोभिड न्यूनिकरणका लागि बैंक अफ काठमाण्डुको सहयोगले सकारात्मक सन्देश दिएको बताए। 

कमेन्ट लोड गर्नुस