सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपाललाई तीन दिनदेखि ज्वरो, पीसीआर रिपोर्ट नेगेटिभ

२०७८ असोज १३, १२:४८ खबर संवाददाता

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन्। अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको नेपालको नीजि सचिवालयले जनाएको छ। सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ।

सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन्। ‘अवस्था सामान्य हो। घरमै आराम गरिरहनुभएको छ। सोमबारको तुलनामा स्वास्थ्यमा सुधार भइरहेको छ’, अध्यक्ष नेपालको सचिवालयले भनेको छ।  

कमेन्ट लोड गर्नुस