सुदूर नेपाललाई विश्वसँग जोड्दै

ईपीएल क्रिकेटः काठमाण्डौँ र पोखरा भिड्दै

२०७८ असोज १२, ०७:३० खबर संवाददाता

काठमाण्डौँः चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज काठमाण्डौँ किङ्स इलेभन र पोखरा राइजोन भिड्ने भएका छन्। खेल मध्याह्न सवा १२ बजेदेखि सुरु हुनेछ। चौथो दिन आज एउटा मात्र खेल हुँदैछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौँको यो तेस्रो खेल हो। काठमाण्डौँ दोस्रो जित निकाल्ने योजनामा हुनेछ। यस अघि काठमाण्डौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ। पोखराको यो दोस्रो खेल हो। पहिलो खेलनै वर्षाले प्रभावित भएपछी पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो।

सोमबार काठमाण्डौँ र विराटनगर वारिवर्सबीचको खेल भने वर्षाका कारण मैदान ओसिलो हुँदा टसनै नभई रद्द भएको थियो।

कमेन्ट लोड गर्नुस