सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएलः हैदरावादद्वारा राजस्थान ७ विकेटले पराजित

। फोटो स्रोत ।
२०७८ असोज १२, ०६:२६ खबर संवाददाता

धनगढीः इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२० क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। सोमबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजस्थानले दिएको १६५ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा पूरा गऱ्यो। 

हैदरावादका लागि जसन रय र केन विलियमसनले अर्धशतकीय पारी खेले। ४२ बल खेलेका रयले आठ चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै, ४१ बल खेलेका विलियमसनले पाँच चौका र एक छक्का प्रहार गरे। हैदरावादका लागि अभिर्षक शर्माले २१ रन जोडे। बलिङतर्फ राजस्थानका लागि चेतन साकारिया, महिपाल लोमर र मुस्तफिजुर रहमानले समान एक/एक विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु श्यामसनले ८२ रनको अर्धशतकीय पारी खेले। ५७ बल खेलेका उनले सात चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, योजश्वी जैशवालले ३६ रन बनाउँदा माहिपाल लोमारले २९ रनको योगदान गरे। बलिङतर्फ हैदरावादका लागि सिद्धार्थ कौलले दुई विकेट लिए। सन्दीप शर्मा, भुवनेश्वर कुमार र राशिद खानले समान एक/एक विकेट लिए।

जितसँगै हैदरावादले १० खेलबाट ४ अंक जोडेको छ। हैदरावाद तालिकाको पुछारमा छ। राजस्थान ८ अंकसहित छैटौँ स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस