सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलिबल : हेल्प नेपालको जित

२०७८ असोज ११, ०९:०० रासस

काठमाडौँ: राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको पहिलो खेलमा हेल्प नेपालले वाग्मती प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विजयी हासिल गरेको हो। हेल्प नेपालले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो तथा अन्तिम सेटमा २५–१२ को जित निकाल्यो।

यस जितसँगै समूह ‘ए’ मा रहेको हेल्प नेपालले दुई अङ्क बटुलेको छ। यता वाग्मतीको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा वाग्मती गल्कोट स्पोर्ट्स क्लबसँग पराजित भएको थियो। नेपाल भलिबल सङ्घको आयोजना भएको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ। महिला तथा पुरुष विजेता टोलीले चार लाख प्राप्त गर्ने छ भने उपविजेता टोलीले दुई लाख पाउने छ। तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्ने छ।
 

कमेन्ट लोड गर्नुस