डडेल्धुरामा युवकको शव फेला
२०७८ असोज ११, ०६:१८
डडेल्धुरा: डडेल्धुरामा एक युवकको बेवारिस शव फेला परेको छ। सोमबार जिल्लाको परशुराम नगरपालिका–६ कुणास्थित महाकाली किनारमा ती युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी २७ वर्षीय ती पुरुषको शव सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
कमेन्ट लोड गर्नुस