सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा वडा कार्यालयका कर्मचारी कांग्रेस अधिवेशनमा, सेवाग्राहीले लगाए ताला

२०७८ असोज ११, ०१:०१ खबर संवाददाता

धनगढीः बाजुराको त्रिवेणी नगरपालिका-४ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। कर्मचारीहरु कांग्रेसको अधिवेशनमा गएको र सेवा नपाएको भन्दै उनीहरुले वडा कार्यालयमा ताला लगाएका हुन्। 

कार्यालयमा कार्यालय सहयोगी मात्रै भेटिएको बताईएको छ। आइतबार कार्यालय समयमा कर्मचारी कार्यालयमै नआएपछि ताला लगाईको सेवाग्राहीको भनाई छ। वडा कार्यालयमा पाँच जना कर्मचारी छन्। जसमध्ये चार जना नेपाली कांग्रेसको नगर अधिवशनमा गएका र १ जना कार्यालय सहयोगीमात्रै कार्यालयमा रहेको उनीहरुको भनाइ छ।

यता वडाध्यक्ष कालु साउँदले भने कांग्रेस सम्बद्ध भ्रातृ संगठनमा आबद्ध एक जना कर्मचारीमात्रै कांग्रेसको अधिवेशनमा आएको र एक जना प्राविधिक फिल्डमा गएको दाबी गरेका छन्। तालाबन्दी नभएको उनको भनाई छ। 
 

कमेन्ट लोड गर्नुस