सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ हुने

२०७८ असोज १०, ११:४७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिकामा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ आयोजना हुने भएको छ। वेदकोट नगरपालिका १ हात्तिथलामा रहेको आदर्श युवा समाजले  दशैँ तथा दिपावलीको अवसरमा असोज २० गतेदेखि उक्त नगर स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो। 

वेदकोट नगरपालिका १ को सहयोगमा उत्तः प्रतियोगिता सञ्चालन हुन लागेको समाजका अध्यक्ष ज्ञानेश्वर जोशीले बताए। उनले प्रतियोगितामा सहभागिता जनाउन आफ्नो टिम दर्ता गर्न अपील समेत गरेका छन्। 

नगर स्तरीय क्रिकेट छनोटका लागि आयोजना गरिएको यस प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ सय रूपैयाँ र द्वितीय हुने टिमले नगद ५० हजार ५० रूपैयाँ प्राप्त गर्ने छन्।

कमेन्ट लोड गर्नुस