सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको गोकुलेश्वर सडक खण्डमा आवातजावत सुरु

। फोटो स्रोत ।
२०७८ असोज १०, ११:०७ खबर संवाददाता

धनगढीः दार्चुलाको गोकुलेश्वर सडक खण्डमा सवारीको आवातजावत सुरु भएको छ। सडक भाँसिदा एक महिनादेखि अवरुद्ध उक्त सडक आइतबारदेखि सञ्चालनमा आएको हो।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ बेतमा सडक भाँसिदा लामुदुरीका सवारी सञ्चालनमा समस्या भएको थियो। मर्मतको काम सकिएपछि पुनः सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।

कमेन्ट लोड गर्नुस