सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप ९५३ जनामा कोरोना संक्रमण, ६ को मृत्‍यु

२०७८ असोज ९, ०४:४६ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घन्टामा देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ५ सय ७९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ९ सय ५३ जना संक्रमित भेटिएका हुन्। त्यस्तै, आज थप ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ।

यस्तै, आज एक हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन्।  हाल देशभर १९ हजार ७०० सय जना सक्रिय संक्रमित छन्। यस्तै हाल कोरोना संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ।

कमेन्ट लोड गर्नुस