सुदूर नेपाललाई विश्वसँग जोड्दै

ईपीएलः उद्घाटन खेलमा काठमाडौंद्वारा ललितपुर ७ विकेटले पराजित

। फोटो स्रोत ।
२०७८ असोज ९, ०४:०२ खबर संवाददाता

काठमाडौः ईपीएलको उद्घाटन खेलमा काठमाडौं किङ्ग्स ११- ले ललितपुरलाई ७ विकेटले पराजित गरेको छ। बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर राएल बर्लको उत्कृष्ट प्रदर्शनले काठमाडौं किङ्ग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलमा विजयी सुरुवात गरेको हो।

ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। काठमाडौंलाई जित दिलाउन जिम्बाव्वेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए। यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए। राजु रिजाल १९ रनमा अविजित रहे। १५६ रनको विजयी लक्ष्य पाएको काठमाडौंको सुरुवात पनि राम्रो थिएन। ओपनर सुबास खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए भने, अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो।

तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै काठमाडौंको ईनिङ्स समहाले। गुर्बाजले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५९ रन बनाए। बर्लले राजु रिजालसंग चौथो विकेटका लागि अविजित ७२ रनको साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्‍याए।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।

कमेन्ट लोड गर्नुस