सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने

२०७८ असोज ८, ०८:०५ रासस

काठमाडौँ: ‘इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल आइएफकेके’ को आयोजनामा तेस्रो राष्ट्रिय आइएफकेके तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा सातै प्रदेशका एक सय ७० खेलाडीको सहभागिता रहने छ। आइएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठका अनुसार पुरुषतर्फ पाँच र महिलातर्फ एक विधामा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ३० किलोमुनि, ३५ किलोमुनि, ४५ किलोमुनि, ५० किलोमुनि तथा ६५ किलोमुनिको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। 

यस्तै महिलातर्फ खुला तौलसमूहमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। एकदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को सेमी कभर्डहलमा सञ्चालन हुनेछन्।  
 

कमेन्ट लोड गर्नुस