काठमाण्डौँ किङ्ग्स ११ द्वारा ईपीएलका लागि टिम घोषणा
काठमाण्डौः काठमाण्डौँ किङ्ग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि टिम सार्वजनिक गरेको छ। शुक्रबार काठमाणडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाण्डौँ किङ्ग्स ११ ले कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टिमका सदस्यहरू सार्वजनिक गरेको हो।
काठमाण्डौँ किङ्ग्स ११ टिम एभरेष्ट प्रिमियर लिगमा जर्सी नम्बरसहित आफ्ना खेलाडीहरुको घोषणा गरेको हो। पाकिस्तानी राष्ट्रिय टिमका पूर्वकप्तान तथा स्टार ब्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नम्बर १० लगाएर खेल्ने छन् भने अर्को अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले १६ नम्बरको जर्सी लगाएर खेल्ने छन्। अफगानी सशक्त ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नम्बरको जर्सी लगाउने छन्। काठमाण्डौँ किङ्ग्स ११ का कप्तान अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो बलिङ प्रतिभा प्रदर्शन गरिसकेका सन्दिप लामिछानेले भने जर्सी नम्बर २५ लगाउने छन्।
६ टिमले प्रतिस्पर्धा गर्ने यो ईपीएल यही असोज ९ गतेदेखि असोज २५ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिमेट मैदानमा हुँदैछ।