सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको लेकम गाउँपालिकामा प्रहरी चौकी स्थापना

२०७८ असोज ८, ०५:४३ खबर संवाददाता

धनगढीः दार्चुलाको लेकम गाउँपालिकामा प्रहरी चौकी स्थापना भएको छ। गाउँपालिकाको केन्द्रमा रहेको नयाँ प्रशासनिक भवन निर्माणस्थलमा स्थायी रुपमा प्रहरी चौकी स्थापना भएको हो। 

प्रहरी चौकीको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले उद्घाटन गरे। यसअघि गाउँपालिका केन्द्र खरकडामा रिठाचौपाताबाट अस्थायी रुपमा प्रहरीले ड्युटी गर्दै आएका थिए। 

रातामाटामा गाउँपालिकाको केन्द्र तोकिएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख भट्टले बताए।

कमेन्ट लोड गर्नुस