सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

२०७८ असोज ७, ०७:३० खबर संवाददाता

काठमाडौँः नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन्। ललितपुर प्याट्रिओट्सका कप्तानसमेत रहेका मल्लले आफ्नो व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका हुन्। 

बिहीबार ललितपुर प्याट्रिओट्सले विज्ञप्ति जारी गर्दै कप्तान मल्लले क्लबका सीईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने जानकारी गराएको उल्लेख गराएको छ। 

ईपीएल असोज ९ देखि २३ गतेसम्म काठमाण्डुको त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ।

कमेन्ट लोड गर्नुस