बैतडीमा बाँदर आतंकले खेत बाँझै
प्रदेशको वन मन्त्रालयले बादर नियनत्रण कार्यक्रम सञ्चालन गरेको बेला बैतडीको दशरथचन्द नगरपालिका वडा नम्वर ५, ६ र ८ का स्थानीयबासीहरुले बाँदरका कारण खेत बाँझै छोडेका छन्। खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो छोडेको स्थानीय मधुसुदन भट्टले जानकारी दिए। गएको ५, ६ बर्ष यता गाउँमा बाँदरको आतंक फैलिएपछि खेतमा बालीनाली लगाउन छोडिएको उनले बताए। खेतमा लगाएको सबै तरकारी र अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि आफूहरुले खेत बाँझै छोडेको स्थानीय लक्ष्मी भट्टले बताईन्।
बाँदरले घरभित्र समेत पसेर नोक्सानी गर्ने गरेको उनले बताए। बाँदर नियन्त्रणका लागि दशरथचन्द नगरपालिका वडा नम्वर ५ ले गतबर्ष डेढलाख बजेट समेत विनियोजन गरेको थियो। बाँदर बिशेषज्ञ ल्याएर बाँदर धपाएको भएपनि फेरी गाउँमै बाँदर फर्केर आएका वडा अध्यक्ष नारायण प्रसाद भट्टले बताए।