सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एएफसी महिला एसिया कपको छनोटबाट बाहिरियो

२०७८ असोज ५, ०७:१७ खबर संवाददाता

काठमाडौः नेपाल एएफसी महिला एसिया कप २०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ। समूहको दोस्रो खेलमा हङकङसँग बराबरी खेलेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो। छनोटको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाब रहेको खेल गोलरहित बराबरीमा सकिएको हो।

उज्वेकिस्तानको जेएआर स्टेडियममा सम्पन्न खेलमा नेपाली महिला टोलीको खेल राम्रै भएपनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा चित्त बुझाउनु परेको हो। तुलनात्मक रुपमा भने नेपालले हङकङ विरुद्ध सशक्त खेलेको थियो। 

यसअघिका दुवै भिडन्तमा नेपाल पराजित भएको थियो। यता छनोटको पहिलो खेलमा नेपाल अग्रतालाई जोगाउन नसक्दा फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो। तीन टोली सहभागी समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसिया कप खेल्नेछ।

 

कमेन्ट लोड गर्नुस