सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र महेन्द्रनगरमा 'अनलाइन शपिङ' र 'फूड डेलिभरी' एप्स सञ्चालनमा

२०७८ असोज ४, ०६:१७ खबर संवाददाता

धनगढीः धनगढी र महेन्द्रनगरमा 'अनलाइन शपिङ' र 'फूड डेलिभरी' एप्स सञ्चालनमा आएको छ। कैलाली र कञ्चनपुरलाई लक्षित गरी 'इकमर्श प्लेटफर्म अपीबजार' एप्स सञ्चालनमा आएको हो।

प्ले स्टोरमा उपलब्ध उक्त एप  डाउनलोड गरेर प्रयोगकर्ताले आफूलाई मन परेको फेन्सी, इलेक्ट्रोनिक, होम अपलाइन्स, खेलकुद, स्टेसनरी, कृषि सामाग्री, स्थानीय उत्पादन लगायतका सामानहरू खरिद गर्न सकिने छ। साथै धनगढी र महेन्द्रनगरमा रहेका विभिन्न रेष्टुरेन्ट, बेकरीबाट आफूलाई मन परेको नास्ता, खानाका परिकार र केक अर्डर गरी घरमै मगाउन सकिनेछ। यसका अतिरिक्त उक्त एप्सबाट प्रयोगकर्ताले आफ्नो सेकेन्ड हेन्ड सामाग्री कम्प्युटर, मोबाइल, अटोमोबाईल, पुस्तक तथा घर-जग्गा, पसल, अफिस, फ्ल्याट, कोठा आदिको बिक्री र भाडाको लागि निशुल्क विज्ञापन राख्न सक्नेछन्। 

कम्प्युटर ईन्जिनियरिङमा स्नातक गरेका कञ्चनपुरका टेकराज अवस्थीले उक्त एप्सको निर्माण गरी सोमराज अवस्थीसँग मिलेर एप्स सञ्चालनमा ल्याएका हुन्।

 

कमेन्ट लोड गर्नुस