दार्चुला दुहुँको अवस्था सामान्य बन्दै
धनगढीः पहिरोका कारण छेदविच्छेद भएको दार्चुलाको दुहुँ गाउँपालिकाका स्थानीयको दैनिकी समान्य बन्दै गएको छ। उक्त स्थानमा गत महिना परेको अविरल वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिरोका कारण मानविय क्षतिसमेत भएको थियो।
विभिन्न खोलामा बढेको पानीले गर्दा आवातजावत सोत ठप्प भएको थियो। सवारी नै बन्द भएपछि गाउँपालिकाका अधिकांशका वडामा खाद्यान्नको समेत अभाव सिर्जना भएको थियो। अहिले विभिन्न क्षेत्रबाट उद्धार तथा राहत वितरण भएपछि दुहुँको दैनिकी समान्यतर्फ उन्मुख भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख तथा प्रहरी उपरीक्षक मनोहर भट्टले बताए।
गाउँपालिकाका विभिन्न गाउँ जोड्ने पुल बढीले बगाएपछि सम्बन्ध विच्छेद भएको अवस्थामा सुरक्षा निकायको टोलीले काठे पुल निर्माण गरेपछि आवातजावतमा सहजता सिर्जना भएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी भट्टले बताए।
उक्त स्थानमा हेलिकोप्टरमार्फत खाद्यान्न पनि ढुवानी भएको छ। तर बाढी पहिरोपछि विभिन्न खोलामा पानीको सहत बढेपछि सवारी सञ्चालन भने हुन सकेका छैनन्।