इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा उक्लेको छ। गएराति भएको खेलमा टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो।
चेल्सीका लागि थिएगो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक÷एक गोल गरे। जितसँगै चेल्सीले १३ अङ्क जोडेको छ। टोटनह्याम ९ अङ्कका साथ सातौं स्थानमा छ। यस्तै, गएरातिकै खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डो र लिंनगार्डले एक÷एक गोल गरे। म्यानचेस्टर युनाइटेडको समान १३ अङ्क नै भए पनि उ तेस्रो स्थानमा छ। यस्तै, अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ।