सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि आईपीएलका बाँकी खेल, चेन्नाई र मुम्बई भिड्दै

२०७८ असोज ३, १०:२३ खबर संवाददाता

काठमाडौं: इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका बाँकी खेलहरु आजदेखि सुरु हुँदै छ। भारतमा कोरोना महामारीका कारण स्थगित भएको यो सिजनका बाँकी खेलहरु युएई र ओमानमा आयोजना हुन लागेको हो।

अब आईपीएलका ३१ खेल बाँकी छन्। फाइनल खेल १५ अक्टोबरमा हुने छ। दुबईमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

 

कमेन्ट लोड गर्नुस