सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिपायल विमानस्थलको कालोपत्रेको काम अलपत्र

फागुनपछि मात्रै काम सुरु हुने संकेत

२०७५ मंसिर २०, ०६:५९ रोशन भट्ट

असार मसान्तमै सिध्याउनुपर्ने भएपनि दिपायल विमास्थलको कालोपत्रेको काम अलपत्र परेको छ । निर्माण कार्यमा भएको ढिलाई र लापरवाहीका कारण विमानस्थल अलपत्र परेको हो । संगै काम सुरु भएको अछामको शाफेबगर विमानस्थलको काम सकिएर परिक्षण उडान हुँदा पनि दिपायल विमानस्थलको कामले तिव्रता पाएको छैन । निर्माण व्यवसायी पनि विभिन्न वहान देखाउँदै पन्छिरहेका छन । विमानस्थल सुचारु भए पर्यटन प्रवद्र्धन हुने र आर्थिक समृद्धि हुने डोटीवासीको आशा अझै पुरा भएको छैन् । छिटो गरि कालोपत्रेको काम सुरु भएपनि फागुनपछि मात्रै काम सुरु हुने भएको छ ।

संगै निर्माण सुरु गरिएको अछामको साफेबगर विमानस्थलको काम सकिएर परिक्षण उडान भईसक्दा पनि दिपायल विमानस्थलको काम अलपत्र परेको हो । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ मा रहेको विमानस्थलको कालोपत्रे असार मसान्तमा सकिनु पर्ने भएपनि अझै कालोपत्रेको काम सुरु भएको छैन । विमानस्थल सुचारु भए आवतजावत गर्ने यात्रुलाई छिटो छरितो हुने र जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रशार भएर आर्थिक समृद्धि हुने आसा बोकेका डोटी बासी समयमा काम नहुँदा निराश भएको डोटी उद्योग वाणिज्य संघका महासचिव दिपकबहादुर खड्काले बताए ।

१७ वर्षदेखि गौ चरणमा परिणत भएको विमानस्थलको पुनः निर्माण र कालोपत्रे गरिने कामा ढिलासुस्ती र लापरवाही भएको छ । विमानस्थलको पुन निर्माणको काम चलिरहेको भएपनि कालोपत्रे भने फगुनपछि मात्रै सुरु हुने देखिएको छ । दिपायल विमानस्थल निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी विभिन्न वहाना देखाउँदै पन्छिरहेका छन । विमानस्थल निर्माण गर्ने निर्माण व्यवसायी हर्क शाही चिसोको समय भएकोले अहिले काम गर्न नसकिने बताउँछन् ।

डोटीमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको भविष्यसंगै अन्य पहाडी जिल्लाहरुको पर्यटनसंग प्रत्यक्ष जोडिएको विमानस्थल भएकोले पनि छिटो निर्माण कार्य सक्नुपर्ने वाध्यता हुँदा पनि झन ढिलासुस्ती भईरहेको छ । पर्यटकीय हिसावले भू–स्वर्ग मानिने खप्तड जनाको लागि पनि दिपायल विमानस्थलबाट दूरी छोटो पर्ने भएकाले आर्थिक समृद्धि ल्याउनको लागि पनि निर्माण कार्य र कालोपत्रे छिटो गर्नुपर्ने हुन्छ । तर पुन निर्माण हेर्ने केन्द्रिय कार्यलय नै काम किन रोकिएको हो र कहिले बाट सुरु हुन्छ भन्ने बारेमा भने अनविज्ञ छ । विमानस्थल पुन निर्माणको काम हेरिरहेका  ईन्जिनियर बालकृष्ण रेग्मीले निर्माण व्यवसायीले काममा लापरवाही भईरहेको बताए ।

 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस