सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा चार लेन पक्की पुल निर्माणले गति लियो

सडकको मुआव्जा वितरण अन्तिम चरणमा

२०७५ मंसिर २०, ०६:४०

महाकालीमा निर्माण भईरहेको चार लेनको पक्की पुलको जग र पिल्लरको काम सकिएको छ । निर्माण थालेको एक बर्षभन्दा बढी समय भएपछि पुलको जग र पिल्लरको काम सकिएको महाकाली पुल आयोजनाले जनाएको छ । महाकालीको पुलसँगै अन्य साना पुलमा पनि जग हाल्ने काम सकिएको छ भने पिल्लर बनाउने काम भईरहेको छ । पुलसँगै ७ किलोमिटर सडक निर्माण हुने भएकोले त्यसका लागि सडक आसपासका जग्गाधनीलाई मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेको छ । ८३ प्रतिशत जग्गाको मुआब्जा वितरण गरिसकेकोमा त्यहाँ रहेका घरहरुको पनि मुआव्जा वितरणको काम सुरु भएको छ । तर कतिपय घरधनीहरुले भने मुआब्जा रकम वढाउन माग गरेका छन् । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण थालेको एक वर्ष वितिसक्दा समेत कामले गति लिन सकेको छैन् । निर्माण अवधि डेढ बर्षको समय वाँकी रहँदा आयोजनाको १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

 

सुरुवातको वर्षमा पुल निर्माण गर्ने मेसिन समयम नआउँदा र मुआव्जाको विवादले काम गर्न नसकिएको निर्माण कम्पनीको दावी छ । महाकालीमा पुल निर्माणसँगै भुजेलामा पनि पुल निर्माणको काम थालिएको छ भने निर्माण हुने ७ किलोमिटर सडक पनि कालोपत्रे गर्नका लागि मुआव्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । तीन अर्व २८ करोडको लागतमा निर्माण भईरहेको महाकाली पुल आयोजनाको चार लेनको पक्की पुलको जग र पिल्लर हाल्ने काम सकिएको छ । अहिले एक दुई दिनदेखि महाकालीमा पानीको वहाव बढेका कारण अन्य काम गर्न कठिनाई भईरहेका वेला भुजेला पुलको जग हालिएको छ । अन्य साना पुलहरुको पनि निर्माणको काम सुरु भएको महाकाली पुल अयोजनाका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए  । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएकोमा एक बर्षभन्दा वढी समय हुन लाग्दा निर्माणको कामले गति लिएको छ ।

 

पुल निर्माण गर्ने मेसिन चीनवाट आएपछि पुल निर्माणको कामले गति लिएको हो ।सुरुमा उपकरण अभावले काम हुन नसकेको अव आवश्यक उपकरणहरु पुगेपछि निर्माणको कामले गति लिएको निर्माण कम्पनी कुमार सिएफईसी जेभीका आयोजना प्रमुख किरन शर्माले बताए । अहिलेको वनवासाको पुलदेखि झण्डै ७ किलोमिटर दक्षिण र महाकालीको झोलुंगे पुलदेखि झण्डै ढाई किलोमिटर उत्तरमा पुल निर्माणको काम भईरहेको छ । ७ किलोमिटर सडक कालोपत्रेको  योजना पनि महाकाली पुलभित्रै परेकोले त्यसका लागि जग्गाधनीहरुलाई मुआव्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । ८३ प्रतिशत जग्गाको मुआव्जा वितरण भईसकेको छ भने १७ प्रतिशत मुआव्जा वितरण गर्न बाँकी रहेको छ । सडक आसापासमा रहेका घरहरुको पनि मुआव्जा वितरणको काम सुरु भएकोमा यसमा भने घरधनीहरुले मुआव्जा रकम वढाउन माग गरेपछि त्यसमा आयोजनाले पुर्नविचार गरिरहेको आयोजना प्रमुख भण्डारीको भनाई छ ।

अघिल्लो वर्षको भदौ १५ गते महाकालीमा बनिरहेको चार लेनको पुलको तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाले सिलन्यास गर्नुभएको थियो । शिलान्यास भएपछि निर्माणको कामले गति लिन सकेका वेला कुनै पनि  नेता र जन प्रतिनिधिले चासो पनि देखाएनन् । तर सुरुवाती चरणमा विभिन्न समस्याले गति दिन नसकिएको पुल निर्माण र सडक कालोपत्रेको कामलाई अवका दिनमा अझ तिव्रताका साथ लैजाने निर्माण कम्पनी कुमार सिएफईसी जेभीका आयोजना प्रमुख किरन शर्माले बताए ।

 

कमेन्ट लोड गर्नुस