कैलालीमा नयाँ शक्तिका नेता खड्क सावद पक्राउ
नयाँ शक्ति पार्टी नेपालका नेता खड्क सावदलाई प्रहरीले पक्राउ गरेको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ५ को मोहन्याल माध्यामिक विद्यालयको व्यवस्थापन समिति चयनको बिषयमा बिवाद भएपछि प्रहरीले सावदलाई पक्राउ गरिएको हो। विद्यालय व्यवस्थापन समितीको चयनका क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जंगबहादुर विकले दलित भनेको भन्दै प्रहरीमा उजुरी दिएपछि सावदलाई पक्राउ गरिएको हो। सावद बिरुद्ध सामाजिक कसुर अन्तरगत जिल्ला प्रसाशन कार्यालय कैलालीबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए।