सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानाध्यापकको जागिर छाडेर आरन तथा पोल्टिफर्म व्यवसाय

२०७८ असोज १, ०७:५७ खबर संवाददाता

तेजबहादुर डुम्रेल/डोटी
डोटीमा एक प्रधानाध्यापकले जागिर छाडेर आरन तथा पोल्टिफर्म व्यवसाय सञ्चालनमा ल्याएका छन्।

जिल्लाको के आइ सिंह गाँउपालिका ५ स्थित दुर्गा प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रेम बिकले प्रधानाध्यापक पदबाट राजिनामा गरि करिब १५ लाखको लगानीमा आरान तथा पोल्टीफर्म व्यवसाय सञ्चालन गरेका हुन्। वडा नम्बर ५ अन्तर्गत तल्लो जमलकटियामा उनले व्यवसाय सञ्चालन गरेका छन्।

देशमा बेरोजगारीको समस्या बढ्दै गएको र लाखौँ युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिन आफुले व्यवसाय सञ्चालन गर्न लागेको उनले बताए। 

१० वर्षका लागि स्थानीय देवाकर जोशीको ४ रोपनी जग्गा लिजमा लिएर व्यवसाय सञ्चालन गर्न लागेको उनले बताए। 

पछिल्लो समयमा लोपोन्मूख विभिन्न हातहतियार गोर्खाली खुकुरी, तरवार, खुँणालगायतका ऐतिहासिक बाजाहरू आरन व्यवसायले उत्पादन गर्ने र बजारसम्म पुर्या उने आफ्नो लक्ष रहेको उनले बताए। 

तीन जनालाई प्रत्यक्ष रोजगारी दिएर आरन व्यवसायको साथमा बाख्रा र कुखुरा पालनका लागि पोल्टी फर्मसमेत तयार गरिएको छ। 

के आइ सिंह गाँउपालिका दलितसंग अध्यक्ष कार्यक्रम अन्तर्गत आरन व्यवसाय सञ्चालन गर्न प्रोत्साहन स्वरुप दुइ लाख ९६ हजार रकम विनियोजित गरेर आफुलाइ हौसला प्रदान गरेकोमा स्थानीय सरकारलाई धन्यवाद दिँदै उनले आफ्नै ठाँउमा व्यवसाय सञ्चालन गर्ने हरेक युवालाई सरकारले हौसला दिनुपर्ने र बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनले बताए। 

 

कमेन्ट लोड गर्नुस