सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साढे ७ करोडमा खुल्यो गौरी शिवशंकर बिजनेस

२०७८ असोज १, १०:५८ खबर संवाददाता

धनगढी : धनगढीमा सात करोड बढीको लगानीमा गौरी शिवशंकर बिजनेश प्रालि सञ्चालनमा आएको छ। उपमहानगरपालिकाको वडा नम्बर ४ बसपार्कमा पसल सञ्चालनमा आएको हो।

धनगढीका व्यवसायी जयन्द्र स्वाँरले ७ करोड ५० लाखको लगानीमा जुता–चप्पलको डिलर सञ्चालनमा ल्याएका हुन्।

‘विगत १४ वर्षदेखि यसै क्षेत्रमा काम गर्दै आएको थिए,’ उनले भने, ‘अहिले आफ्नो निजी लगानीमा डिलर सञ्चालन गरेको छु।’

यस क्षेत्रका ग्रहाकहरुको मागलाई सम्बोधन हुने गरी व्यवसाय सुरु गरेको उनले बताए। स्वदेशी उत्पादनलाई आम नागरिक माझ पु¥याउनका लागि सुदूरपश्चिममा डिलर सञ्चालन गरेको उनको भनाई थियो।

गौरी शिवशंकर बिजनेश प्रालिको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले उद्धघाटन गरेका हुन्।

कमेन्ट लोड गर्नुस