सुदूर नेपाललाई विश्वसँग जोड्दै

'डडेल्धुरामा पुनः वडा अधिवेशन हुँदैन'

२०७८ भदौ ३१, ०५:४३ खबर संवाददाता

काठमाडौं :प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने माग गर्दै रामचन्द्र पौडेल समूह सानेपा पुगेको छ।  काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेतासहित सानेपा पुगेका हुन्। 

सो क्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः वडा अधिवेशन हुने सम्भावना नरहेको बताएका छन्। ‘डडेल्धुरामा फेरि चुनाव हुनसक्ने सम्भावना म देख्दिन,’ उनले भने।  

यस्तै महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुनः चुनाव सम्भव नभएको जवाफ दिएको बताइएको छ। त्यसपछि पौडेल समूहले अब चुनाव धाँधलीरहित बनाउन आग्रह गरेको बताइएको छ।

डडेल्धुरामा भदौ २५ गते सम्पन्न वडा अधिवेशनमा धाँधली भएको पौडेल समूहले आरोप लगाउँदै आएको छ।

कमेन्ट लोड गर्नुस