सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नहरमा डुबेर युवकको मृत्यु

२०७८ भदौ ३१, ११:०४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा नहरमा डुबेर एक युवकको ज्यान गएको छ। बुधबार बेदकोट नगरपालिका १० बस्ने ३५ वर्षीय लक्ष्मण पन्त डुबेर बेपत्ता भएका थिए। 

खोजी गर्ने क्रममा उनको शव बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएका छ। बेदकोट नगरपालिका स्थित दैजी–बेलडाँडी सडक खण्डसँगै रहेको नहरमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए। 

कमेन्ट लोड गर्नुस