सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कपाल मुण्डन गराउँदा धेरै प्रोजेक्ट गुमाए, यतिबेला कसैसँगको प्रेममा छु’

२०७८ भदौ ३०, ०४:३४ खबर संवाददाता

काठमाडौंः अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गर्दा आफूले विभेद खेप्नुपरेको बताएकी छिन्। हालै एक अन्तर्वार्तामा उनले भनिन्, ‘कतिपटक कामबारे सबै कुरा ओके भैसकेर पनि मेरो कपाल छैन भनेर थाहा पाएपछि के-के बहाना बनाएर प्रोजेक्टबाट हटाइएको छ।’ उनी अगाडि भन्छिन्,  ‘अझै पनि हाम्रो सेन्ट्रल महिला पात्रलाई यस्तो लुक्समा देखिएकै छैन । त्यसैले मैले कपाल मुण्डन गरेकै कारण धेरै प्रोजेक्ट गुमाउनुपर्‍यो।’

कपाल मुण्डन गरेपछि केकीले केही म्युजिक भिडिओमा विग (नक्कली कपाल) लगाएर काम गरिन्। रिलिज हुन बाँकी फिल्म ‘बोक्सीको घर’को लागि केकीले कपाल मुण्डन गराएकी थिइन्। सो अन्तर्वार्तामा केकी भन्छिन्, ‘हामीले नै सिकाएको होइन त लामो कपाल भएकोलाई दिदी र छोटो कपाल भएकोलाई दादा भन्नु भनरे ?  यही कुरालाई गलत प्रमाणित गर्न मैले डायनाको मेकओभर गराएकी हुँ।’

अहिले पनि नेपाली फिल्म उद्योगमा विभेद कायमै रहेको केकीको भनाई छ। आफू सिंगल नरहेको समेत केकीले उक्त अन्तर्वार्तामा बताएकी छिन्।

कमेन्ट लोड गर्नुस