सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा प्रसिद्ध ‘जोगेनी जाँत’को रौनक

२०७८ भदौ २९, ०२:१२ खबर संवाददाता

धनगढी : डडेल्धुरा भागेश्वर गाउँपालिका–२ रुपालमा तीन वर्षपछि आज जोगेनी जाँत लागेको छ। सो क्षेत्रको प्रसिद्ध जाँत प्रत्येक तीन वर्षमा गौरा पर्वपछि लाग्ने गरेको छ। 

उक्त मेला भर्नको लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजनहरु पुग्ने गरेका छन्। सो जाँतलाई चौंसठ्ठी माताको रुप पनि भनिन्छ। जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन्।

जसमा मुख्य चौलो कोटेउडाको हुन्छ भने अरु चौलो पनि हुने गर्दछ। अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिइरहेका हुन्छन्। उक्त जात्रामा जातीय भेदभाव हुँदैन। किरियामा बसेका व्यक्ति र रजस्वला भएका महिलाहरु पनि सो जात्रामा जान पाउँछन्।

सबै गाउँलेहरु र कर्लै देवताको धामी जात्रा कुन दिन गर्ने भनेर बिरुडा पञ्चमीको साँझ कोटेउडाको देउथलीमा भेला हुने गर्दछन्। स्थानीयका अनुसार जात्राको दिन र नौरता बस्ने व्यक्ति तोकिन्छ। उक्त जात्रामा भने सुनी, तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ। यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको विश्वास छ।

कमेन्ट लोड गर्नुस