सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै भाग्य खोटो सम्झेर दिल दुखाउँछन् बिचारहरू(कविता)

२०७८ भदौ २९, १२:५६

आफ्नै भाग्य खोटो सम्झेर दिल दुखाउँछन् बिचारहरू
अनि गाली गर्दा पनि मुसुक्क हाँसी दिल दुखाउँछन् बिचारहरु

ती कोमल पाउले होटलको झुठो भाँडा माँझछन्
अनि ती हातका ठेला देखेर दिल दुखाउँछन् बिचारहरू

गाली गर्छन् ती नाबालकलाई शाहु भएकाहरु
अनि मलिन मुख लगाउँदै दिल दुखाउँछन् बिचारहरू

दुःख मानेर पनि कता जाउन् चारैतिर सुन्ने संसार छ
अनि मेरो जिन्दगी यति नै रहेछ भनि दिल दुखाउँछन् विचारहरू

-कुबेर निशानी
 

कमेन्ट लोड गर्नुस