सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री तान्या वेपत्ता

२०७८ भदौ २८, ०४:३३

एजेन्सी: ब्रिटिस अभिनेत्री तान्या फियर लसएञ्जल्सबाट वेपत्ता भएकी छन्। लसएञ्जल्सको प्रहरी विभागले उनी वेपत्ता भएको पुष्टि गर्दै गत बिहीबार उनी वेपत्ता भएको उजुरी विभागमा परेको जनाएको छ।

सन् २०१८ मा बीबीसीको साइन्स फिक्सन ड्रामा ‘डक्टर हु’मा देखिएकी ३१ वर्षीया अभिनेत्री तान्या पछिल्लोपटक बिहीबार देखिएकी थिइन्। अभिनेत्रीको परिवारका अनुसार उनलाई पछिल्लोपटक ट्रेडर जोयको ग्रोसरी स्टोरमा देखिएको थियो।

तान्याको वास्तविक नाम तान्याराड्जवा फियर हो। उनले टेलिभिजनको ‘स्पोटलेस’, ‘इण्डइभोर’, ‘डीसीआइ बेङ्कस’ र ‘मिडसोमर मर्डस्’मा अभिनय गरेकी छन्। यसबाहेक उनले फिल्म ‘किक–एस २’ मा पनि अभिनय कला देखाएकी छन्। 
 

कमेन्ट लोड गर्नुस