धनगढीमा फारवेल फुडल्यान्डको शाखा विस्तार
धनगढी: फारवेल फुडल्यान्डले धनगढीमा पनि आफ्नो सेवा बिस्तार गरेको छ। अत्तरियामा रहेको उक्त फुडल्यान्डले धनगढीमा पनि शाखा विस्तार गरेको हो। धनगढीको राष्ट्र बैंक चोकमा उक्त रेष्टुरेन्टको सोमबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले उदघाटन गरेका छन्।
होटेलमा अनुभवी कालिगडहरुले पकाएका स्वादिष्ट परिकारहरुको स्वाद लिन पाइने सञ्चालक गणेश भट्टले बताए।