H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०४:१३
Sep 16 2021, Thursday
04:13:18 PM

नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै

विज्ञापन
खवर संवाददाता
२०७८ भदौ २८ ११:१९
अ+

काठमाडौं : सोमबारबाट सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ। खेल अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ पछि सुरु हुनेछ।

नेपालले आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा तीन साता लामो प्रशिक्षणसँगै पपुवा न्युगिनी (पीएनजी)सँग दुई ओडीआई खेल खेलेको थियो । नेपालले पहिलो खेलमा पीएनजीलाई दुई विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरको जित निकालेको थियो।

नेपालले ओमान भ्राणमा लक्ष्य चार खेलमा शतप्रतिशत जितका साथ ८ अंक बटुल्नेछ। विश्वकप लिग २ आईसीसी एकदिवसीय विश्वकप २०२३ मा हुने विश्वकप छनोट यात्रा हो। नेपालले गत वर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यु गरेको थियो। नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन्।

होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडीआई खेल खेल्ने छन्। जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउनेछन्। पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । प्ले अफमा च्यालेन्ज ए र बीबाट आउने शीर्ष दुई टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा गर्नेछन्।

प्लेअफबाट दुई टोलीले ग्लोबल छनोट खेल्ने अन्तिम अवसर पाउनेछन्। ग्लोबल छनोटमा १० टोली हुनेछन्। आईसीसी विश्वकप सुपर लिगमा १२ टेस्ट टोली र नेदरल्यान्ड्स गरी कुल १३ टोली छन्। विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भइसकेको छ। सुपर लिगपछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्नेछन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad