सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमन्त्रीको गाडीले ठक्कर दिदा घाइते भएका चन्द डिस्चार्ज हुनबाट वञ्चित

उपचार खर्च दिन खुट्टा कमाउदै सरकार 

२०७५ मंसिर १८, ०१:१४ जनक विष्ट

सुदूरपश्चिम प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीको गाडीले ठक्कर दिदा घाइते भएका सुरेन्द्र चन्द आर्थिक अभावका कारण अस्पतालबाट डिस्चार्ज हुनबाट वञ्चित भएका छन्। काठमाण्डौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका कैलालीको गौरीगंगाका चन्दलाई अस्पतालले चार दिन अगाडी नै डिस्चार्ज गरिसकेको छ।

तर अस्पताललाई उपचारमा लागेको खर्च तिर्न नसक्दा उनी शैयामै बसिरहेका छन्। चन्दका बुबा टेकबहादुरले अस्पतालले पैसा तिरेर छोरालाई लैजान भनिरहेको तर आर्थिक अभावमा अस्पतालमै बसिरहेको बताए। उनले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई टेलिफोनमा कुरा गर्दा समेत वास्ता नगरेको बताए।

‘अस्पतालले आज जसरी पनि पैसा तिरेर छोरालाई लैजान भन्दैछ, चन्दले भने तर मन्त्रालयसँग कुरा गर्दा व्यस्त छु भन्दै फोन काटिदिदैछन् अब म छोरालाई कसरी घर ल्याउ।’ चन्दले अहिलेका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई फोन गर्दा सचिवलाई गर भन्ने र सचिवले मन्त्री गर भन्दै सताइरहेको गुनासो गरे।

यता सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले भने चन्दको उपचार विमा रकम मार्फत हुने भएकाले मन्त्रालयले रकम तिर्नुपर्ने नदेखिएको बताएका छन्। तर यसअघि घाईते चन्दको उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने भनेको थियो।  

गत कार्तिक २३ गते पूर्व मन्त्री सोडारी सवार गाडीले से ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर   गौरीगंगा नगरपालिकाका–८ का २३ वर्षीय सुरेन्द्र चन्द शख्त घाइते भएका थिए। गलाको हड्डी, दायाँ हातको कुइनाको जोर्नी र करङ भाँचिनुको साथै टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चन्दको उपचार धनगढीमा हुन नसकेपछि काठमाडौं रेफर गरिएको थियो ।

उनको उपचारमा झण्डै दुई लाख खर्च भइसकेको परिवारले जनाएको छ। अहिले आएर प्रदेश सरकारका मन्त्रीको गाडीले नै ठक्कर दिएका घाइते चन्दको उपचार खर्च दिन आनाकानी गरेपछि आलोचना भएको छ। उसैमाथी फेरी डडेल्धुरा बस दुर्घटनाका घाइतेको समेत उपचार खर्च आफै व्यहोर्ने घोषणा गरेको सरकारले हालसम्म कुनै पनि घाइतेलाई आर्थिक सहयोग गरेको छैन् ।

जबकी विदेशमा बस्दै आएका नेपालीहरुले रकम संकलन गरेर सहयोग गरिरहेका छन्।  उतिबेला पीडामा रहेकाहरुलाई उपचार गर्ने ्आश्वासन बाड्ने सरकारका मुख्यमन्त्री र मन्त्रीहरु त अहिले सो विषयमा प्रतिक्रिया नै दिन मानिरहेका छैनन्। मुख्यमन्त्री त्रिलोचन भट्टलाई दुर्घटनाका घाइतेलाई प्रदेश सरकारले उपचार खर्च कहिले दिन्छ भन्ने विषयमा प्रतिक्रिया माग्दासोध्दा उनले आफू व्यस्त भएकाले बोल्न नसक्ने भन्दै मोबाईल फोन काटीदिए।

त्यसपछि पनि मुख्यमन्त्री भट्टलाई पटक/ पटक टेलिफोन गरिएपनि सम्पर्कमा आएनन्।  सरकारको उपचार गर्ने आश्वासनका बिच डडेल्धुरा बस दुर्घटनाका कतिपय घाइतेहरु त अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। धेरै घाईतेलाई उपचार गर्दा गर्दै क्रणको भारी लागेको छ । तर मुख्यमन्त्री र मन्त्रीहरुलाई भने जिब्रोको बोली, भरिएकै छ हाम्रो गोजी भएको छ। 

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस