सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

२०७८ भदौ २६, ०७:२७ रासस

काठमाडौँ: देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा  सङ्क्रमण पुष्टि भएको हो। 

सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३५५ छ। पाँच सय बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला २१ छन् । आज  एक हजार ३६८ जना सङ्क्रमणमुक्त भएका छन्। 

यस अवधिमा सङ्क्रमणबाट १२ को ज्यान गएको छ। हालसम्म १० हजार ९३६ को सङ्क्रमणबाट मृत्यु भएको छ। चार सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेशन, एक हजार ६४७ संस्थागत आइसोलेशन र ३१७ कोरोना सङ्क्रमित  क्वारेन्टिनमा  छन्। 

मन्त्रालयलका अनुसार आज  ६८ हजार  ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यस्तै  ५७ लाख  ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्णमात्राको खोप लगाएका छन्। 


 

कमेन्ट लोड गर्नुस